इंग्ल्याण्डका क्रिकेटर एलेस्टर कुककाे अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास
भदौ १८, २०७५ सोमवार
काठमाडाैं - बालकलाकार अनुभव रेग्मी साेमबारदेखि १२ वर्षमा प्रवेश गरेका छन् । उनी सानै उमेरमा सफलता पाउने कलाकारमा पर्छन् ।
वि.स २०६४ साल असार १८ गते काठमाडौंमा जन्मिएका अनुभवले ९ महिनाको उमेरदेखि सिनेमामा काम गर्न थालेका हुन् । उनले ९ महिनाको हुँदा सिनेमा ‘तोड’मा काम गरेका थिए । त्यसपछि उनले ‘भिजा गर्ल’मा काम गरे ।
‘भिजा गर्ल’ पछि अनुभवले काम गरेको ‘रियो पुन्टे’को विज्ञापन हेरेपछि निर्देशक विकासराज आचार्यले सिनेमा ‘नाइँ नभन्नु ल २’मा शीर्ष भूमिकामै उनलाई लिए ।
अनुभवको शीर्ष भूमिका रहेको पहिलो सिनेमा नै हिट भयो । स्पष्ट भन्ने हो भने अनुभव यही सिनेमाबाट एकाएक सेलेब्रिटी बन्न पुगे ।
अनमोलको सिनेमा प्रवेशमा बलिउड अभिनेता सलमान खानको विशेष भूमिका छ । सलमानको सिनेमा ‘दबंग’ हेरेपछि नै अनुभवलाई सिनेमामा रुचि बढेको थियो ।
त्यसअघि उनी सिनेमा ‘आचार्य’को सेटमा काम गर्न गएर कामै नगरी फर्केका थिए ।
बुवा अरुण रेग्मी र आमा कविता रेग्मी पनि यही क्षेत्रमा आवद्ध हुनु अनमोल सिनेमामा आउनुको अर्को कारण हो ।
अनुभवले ‘रिदम’, ‘काली’, ‘नाईं नभन्नू ल २’, ‘नाईं नभन्नू ल ३’ नाइँ नभन्नु ल ४, ए मेरो हजुर २, शब्द, आवरण लगायत दर्जनौं सिनेमामा काम गरिसकेका छन् ।
उनको मुख्य भूमिका रहेको सिनेमा‘नाई नभन्नु ल ५’ प्रदर्शनको तयारीमा छ ।
उनले यो सिनेमामा अभिनेत्री सेड्रिना शर्माको जोडीको रुपमा काम गरेका छन् । यो सिनेमा भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ ।
उज्यालो र गफगाफ डट कमको सहकार्यमा