भीमनारायण गोल्डकप : फाइनलमा एपीएफ र दाउफिन्सको भेट पक्का

 जेठ २, २०७६ बिहिबार १९:४७:१० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटामा जारी १४ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छन् ।

धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यावासिनी क्लब मोरङ्गलाई २–० ले पराजित गर्दै दाउसिन्स फुटबल क्लब क्यामरुनले फाइनल यात्रा तय गरेको हो भने अर्को खेलमा विर्ता क्लब बिर्तामोड झापालाई १–० ले पछि पार्दै एपीएफ क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा दाउफिन्सका पेटाङ्गले पहिलो हाफको १३ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा उरेलले थप गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ् म्याच दाउफिन्सका यानिक घोषित भए ।

त्यस्तै आजै भएको  दोस्रो सेमिफाइनले खेलमा गत वर्षको उपविजेता विर्ता क्लब बिर्तामोड झापालाई पछि पार्दै एपीएफ क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इन्जुरी समयमा एपीएफका रवि थिङले गरेको गोल नै निर्णायक बन्यो । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा विर्ता क्लब बिर्तामोडले एक दर्जन भन्दा बढी गोल गर्ने अवसर पाएको भए पनि एक पटक पनि जाली चुमाउन नसक्दा हार बेहोर्नु पर्‍यो । खेलका म्यान अफ् द म्याच एपीएफका गोलकिपर अमृत चौधरी घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

हावाहुरीसँगै बुधबार वर्षा भएपछि बुधबार हुने पहिलो सेमिफाइनल खेल आज बिहान सारिएको हो । भोलि हुने फाइनल खेलमा  दाउफिन्स क्लब क्यामरुनको एपीएफ क्लब काठमाण्डौले सामना गर्नेछ । 

विजेताले नगद चार लाख र उपविजेताले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया