बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, तीन जना घाइते

 जेठ ५, २०७६ आइतबार १४:३८:१० | जयराज अवस्थी
unn.prixa.net

बैतडी - दशरथचन्द्र नगरपालिका ११ को नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अर्का तीन जना घाइते भएका छन् । 

दशरथचन्द नगरपालिका-२, देहीमाण्डौबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० बाराकोटका हिरावल्लभ भट्ट र नरुली भट्टको घटनास्थलमै ज्यान गएको हाे । त्यस्तै दुर्घटनामा दशरथचन्द नगरपालिका १० कै प्रकाश भट्ट, जीप चालक नवीन भट्ट र कञ्चनपुर महेन्द्रनगर बस्ने राहुल भट्ट घाइते भएका छन् । 

जीप दुर्घटनाको कारण भने खुलेको छैन । जीप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली घटनास्थलतर्फ गएको र घाइतेहरुलाई उद्धार गरी अस्पताल ल्याउने काम भैरहेको प्रहरीले जानकारी दिएकाे छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया