विश्वकप क्रिकेट : इंग्ल्याण्डका डेनिस एमिसको नाममा पहिलो शतक

 जेठ ८, २०७६ बुधबार १८:७:४७ | एजेन्सी
unn.prixa.net

क्रिकेटमा शतकको ठूलो महत्व हुन्छ । हरेक ब्याट्सम्यानले क्रिकेट खेल्दा शतक बनाउने सपना नै देखेका हुन्छन् ।

अझ विश्वकपमा शतक बनाउनु भनेको त खेलाडीको शान नै हो । विश्वकप क्रिकेटमा अहिलेसम्म १ सय ३ जना ब्याट्सम्यानले शतक बनाइसकेका छन् । 

सर्वाधिक शतक बनाउने खेलाडीमध्ये अस्ट्रेलियाका २६ तथा भारतका २५ जना रहेका छन् । भारतका सचिन तेन्दुलकर र श्रीलंकाका कुमार सांगकाराले विश्वकपमा सर्वाधिक शतक बनाए ।

१.विश्वकपमा पहिलो शतक बनाउने इंग्ल्याण्डका डेनिस एमिस हुन् । उनले सन् १९७५ मा भारतविरुद्ध १३७ रनको पारी खेल्दा पहिलो  शतक बनाए ।

२. विश्वकपमा दोहोरो शतक पनि बनिसकेको छ । सन् २०१५ को विश्वकपमा वेस्टइण्डिजका क्रिस गेलले २१५ र न्यूजिल्याण्डका मार्टिन गुप्टिलले २३७ रन बनाएका थिए ।

३.भारतका सौरभ गांगुलीले सन् २००३ को विश्वकपमा तीन वटा शतक बनाए । उनी विश्वकपमा तीन शतक बनाउने एक मात्र कप्तान पनि हुन् ।

४.श्रीलंकाका कुमार सांगकाराले सन् २०१५ को विश्वकपमा लगातार चार खेलमा शतक बनाएका थिए । यो पनि उनको विश्व रेकर्ड हो ।

५.विश्वकपमा अहिलेसम्म २० देशले भाग लिएका छन् । जसमा ५ देशका खेलाडीले अहिलेसम्म शतक बनाउन सकेका छैनन् । १५ देशका खेलाडीले विश्वकपमा समग्रमा १ सय ६५ शतक बनाएका छन् ।

६.भारतका सचिन तेन्दुलकरले सर्वाधिक ६ शतक बनाउँदा श्रीलंकाका कुमार सांगकारा र अस्ट्रेलियाका रिकी पोन्टिङले ५/५ शतक बनाएका छन् ।

७. विश्वकपको फाइनलमा अहिलेसम्म ६ शतक बनेका छन् । फाइनलमा सर्वाधिक रन बनाउने खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्टले १ सय ४९ रनको पारी खेलेका छन् ।

८. भारतका कपिल देव विश्वकपमा शतक बनाउने पहिलो भारतीय खेलाडी हुन् । उनले सन् १९८३ को विश्वकपमा जिम्बाबेविरुद्ध १ सय ७५ रनको अविजित पारी खेले ।

९.आयरल्याण्डका केविन ओब्रायनले सन् २०११ मा इंग्ल्याण्डविरुद्ध ५० बलमै शतक बनाए । यो नै सबैभन्दा कम बलमा बनेको विश्वकपको शतक हो ।

१०. विराट कोहलीले सन् २०११ र सन् २०१५ को विश्वकपमा भारतले खेलेका दुवै पहिला खेलमा शतक बनाएका थिए । यदि आउँदो विश्वकपमा उनले पहिलो खेलमै शतक बनाए भने तीन वटै विश्वकपको पहिलो खेलमा शतक बनाउने खेलाडी बन्ने छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया