के छैटौँ पटक सिक्किमको मुख्यमन्त्री बन्लान् पवन चाम्लिङ ?

 जेठ ९, २०७६ बिहिबार ११:४२:५३ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । 

भारतमा लोकसभा चुनावसँगै केही राज्यमा विधानसभा चुनाव पनि भएको थियो । भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, ओडिशा, तमिलनाडु र सिक्किममा विधानसभा चुनाव पनि भएको थियो । यसको नतिजा पनि आजै आउने भएको छ । 

सिक्किममा एउटा लोकसभा सिट रहेको छ भने सिक्किम विधानसभामा ३२ सिट रहेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक पर्छ । 

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् । उनको पार्टी सिक्किम डेमोक्रेटिक पार्टी(एसडीएफ) अहिले ११ सिटमा अग्रता बनाइरहेको छ । चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । त्यस्तै सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले एसडीएफलाई पछ्याउँदै ५ सिटमा अग्रता बनाएको छ । 

पवन चाम्लिङले नाम्ची र पोकलोक कामराङ क्षेत्रमा पनि उनी अगाडि रहेका छन् ।  भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहेको छ ।

भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया