भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र बीजेपी अध्यक्ष अमित शाहलाई कांग्रेस सभापति देउवाकाे बधाई

 जेठ ९, २०७६ बिहिबार २०:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ । 

नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आउँदाे दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुवै पार्ट बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गर्नु भएको छ ।

भारतमा बीजेपीले फेरि एकपटक सरकार बनाउने भएकाे छ । भर्खरै सम्पन्न लाेकसभा चुनावकाे मतपरिणामअनुसार बीजेपीले झण्डै ३ सय सिटमा जित हात पार्ने भएकाे छ । भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया