गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा एक जनाको ज्यान गयाे

 जेठ १०, २०७६ शुक्रबार ८:२४:२७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका-६ का ४० वर्षीय राज कोली रहेकाे बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । बिहीबार बेलुका गिरेगडाबाट देहीमाण्डौतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडी बसेका कोलीले पार्सा भन्ने ठाँउमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।

हाम फाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएकाे हो । कोलीको बाटोमै मृत्यु भएपछि चालक जनक जोशी जीप छोडेर भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया