विश्वकप क्रिकेट: पहिले टिममा परेर पछि हटाइएका 'अभागी' खेलाडीहरु

 जेठ १०, २०७६ शुक्रबार १०:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपका लागि टिमहरुले एक महिना अघि नै प्रारम्भिक टिम घोषण गरेका थिए । खेलाडी परिवर्तनका लागि २३ मे सम्मको समय दिइएको थियो ।केही खेलाडीहरुलाई पहिला टिममा राखेर पछि हटाइएकाे थियाे । यी हुन् ती खेलाडीहरु:

एनरिक नाेर्जे - दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका एनरिक नटरिज प्रारम्भिक सूचीमा परेका थिए । तर अन्तिम सूचीमा उनले स्थान बनाउन सकेनन् । कारण हो उनी घाइते छन् । उनको ठाउँमा क्रिस मोरिसलाई दक्षिण अफ्रिकाले अन्तिम १५ मा राखेको छ ।

डेभिड विल्ली - इंग्ल्याण्ड

डेभिड विली इंग्ल्याण्डको प्रारम्भिक सूचीमा परेका खेलाडी हुन् ।उनलाई अभाभी सिद्ध गर्न आफ्नै खराब फर्म काफी रह्यो । उनको ठाउँमा जोफ्रा आर्चरलाई स्थान दिइएको छ ।

जो डेन्ली - इंग्ल्याण्ड

जो डेन्लीको अवस्था पनि डेभिड विलीको जस्तै छ । उनले उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि लायम टसनलाई अन्तिम १५ मा राखिएको छ ।

एलेक्स हल्स - इंग्ल्याण्ड

एलेक्स पनि इंग्ल्याण्डको प्रारम्भिक सूचीमा सामेल भएको थिए । तर उनी ड्रग टेस्टमा फेल भएपछि विश्वकपको सूचीबाट बाहिर पठाइएको छ । उनको ठाउँमा जेम्स विम्सलाई बोलाइएको छ ।

जे रिचर्डसन - अस्ट्रेलिया

उनी अस्ट्रेलियाको विश्वकप टिममा परेका थिए । अभ्यासका दौरान घाइते भएपछि उनी विश्वकपको टिमबाट बाहिर जानु परेको छ । यीनको ठाउँमा केन रिचर्डसनलाई टिममा बोलाइएको छ ।

जुनेद खान - पाकिस्तान

पाकिस्तानका जुनेद खानले इंग्ल्याण्डविरुद्ध हालै भएको सिरिजमा फ्लप भएपछि उनलाई पनि विश्वकपको टिमबाट हटाइएको छ । जुनेदको ठाउँमा मोहम्मद आमिरलाई बोलाइएको छ ।

फहिम असरफ - पाकिस्तान

फहिम असरफ पाकिस्तानका अलराउण्डर हुन् । तर अन्तिम लिस्टमा इनले स्थान बनाउन असफल भए । उनको ठाउँमा वहाव रिहाजले अन्तिम १५ को सूचीमा आफूलाई दर्ज गरे ।

अबिद अलि - पाकिस्तान

आदिब अलिलाई पनि पाकिस्तानको अन्तिम सूचीबाट बाहिर राखिएको छ । यीनलाई आशिफ अलिले रिप्लेस गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया