प्रमोद खरेलको नयाँ गीत ‘कहाँ गयौ तिमी’ सार्वजनिक

 जेठ १०, २०७६ शुक्रबार ११:५५:३० | रेडियाे अडियाे
unn.prixa.net

काठमाण्डाै - गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयाेजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन् ।

पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ । ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेकाहुन् ।

म्युजिक भिडियोमा चोखो मायामा धोका पाउँदाको पीडाको कथा प्रस्तुत गरिएको छ । 

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया