लिभरपुलसँगकाे हार करियरकै खराब क्षण : लियाेनल मेस्सी

 जेठ ११, २०७६ शनिबार ६:५०:११ | एजेन्सी
unn.prixa.net

लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसँगको हार खेलाडी करियरकै सबैभन्दा ठूलाे खराब क्षण भएकाे बताएका छन ।

उनले च्याम्पियन्स लिगमा लिभरपुलसँग हारको चोटमा मल्हम लगाउन कोपा डेल रे को उपाधि जित्न आवश्यक रहेकाे बताएका छन । ३१ वर्षीय बार्सिलाेना स्टार मेस्सीले सेमिफाइनलमा लिभरपुलको पराजयको विषयमा अझै पनि सोचिरहेको उनले बताएका छन् । कोपा डेल रे जित्नु नै सिजनको सफल अन्त्य गर्ने एक मात्र बाटो हो उनले बताए । 

ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार हुने खेलमा भ्यालेन्सियालाई पराजित गरेमा सिजनको दोहोरो उपाधि हात पार्नेछ । मेस्सीले चेतावनी दिँदै पराजयले टिमले अझै खराब महसुस गर्ने बताएका छन् । उनले भने, 'हामी लिभरपुलसँगको दोस्रो हाफको खेलमा लज्जास्पद छाै । यो मेरो खेल जिवनकै सबै भन्दा खराब अनुभव हो ।'

अर्जेन्टिनी फरवार्डको टिम अघिल्लो सिजन मेत क्वार्टरफाईनलमा रोमासँग पराजित भएका थिए ।

बार्सिलाेनाबाट मेस्सीले ७ कोपा डेल रेसहित २१ वटा मुख्य उपाधि उचालेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया