शैक्षिक प्रणाली सुधार गरे शिक्षामा बाहिरिएकाे नेपाली रुपैयाँ राेक्न सकिन्छ : पूर्व प्रधानमन्त्री खनाल

 जेठ ११, २०७६ शनिबार १७:४४:० | उज्यालो सहकर्मी

काठमाण्डौ- पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्तर्क्रियामा उहाँले विश्वको शिक्षा पद्धति, प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरिने गरेको भन्दै पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, 'ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिर गएको छ, स्वदेशमा नै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्छ ।' 

शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौति र सम्भावना हेरेर शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरी अद्यावधि गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 

'२०४६ सालदेखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरी शिक्षामा आमूल परिर्वतन गर्न खोजेको छ,' पूर्व प्रधानमन्त्री खनालले स्पष्ट पार्नुभयो ।

उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँगै निजी क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया