चट्याङ लागेर अछाममा ६ जना घाइते

 जेठ ११, २०७६ शनिबार २०:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा चट्याङ लागेर ६ जना घाइते भएका छन् । 

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ रातोमाटेका कौले दमाईको घरमा परेको चट्टयाङले कौले दमाईकी ३२ वर्षीया छोरी किरीथु दमाई र ५ वर्षीय नाती धिरेन्द्र दमाई घाइते भएको इलाका प्रहरी कार्यालय कालेकाँडाका प्रहरी हवल्दार मदनबहादुर विष्टले जानकारी दिनुभयो । 

यस्तै रामारोशन गाउँपालिका– ४ हुडितोलामा पनि शुक्रबार बेलुका चट्याङ लागेर ४ जना घाइते भएका छन् ।

चट्याङ लागेर स्थानीय ४० वर्षीया मन्सरा विक, वडा नम्बर ८ का टेकबहादुर विक, वडा नम्बर ९ की शारदा विक, वडा नम्बर ६ का अर्जुन विक घाइते भएको शान्तडा प्रहरी चौकीका हवल्दार कृतसिंह बुढाथोकीले जानकारी दिनु भयो । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया