को बन्ला बेलायतको भावी प्रधानमन्त्री ?

 जेठ १२, २०७६ आइतबार १२:२:४१ | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री टरिजा मेले राजीनामाको घोषणा गरेसँगै भावी प्रधानमन्त्रीका लागि सम्भावित पाँचजनाको नाम अगाडि आएको छ । 

हालसम्म १२ जना सांसदहरुले भावी प्रधानमन्त्रीको पदका लागि उम्मेदवारी दिने सम्भावना जनाएका छन् । प्रधानमन्त्री मेको राजीनामा घोषणाले बेलायती राजनीतिमा हलचल बढेको छ । 

१२ जना मध्ये सम्भावित पाँच जनाको नाम भने सार्वजनिक भैसकेको छ । ती पाँच नामहरुमा विदेश मन्त्री जेरेमी हन्ट, पूर्व विदेश मन्त्री बोरिस जोनसोन, स्वास्थ्य मन्त्री म्याट ह्यान्कक, रोरी स्टुअर्ट र एस्टर मैक्वे रहेका छन् । 

म्याट ह्यान्ककले अबको टेरिजा मेको उत्तराधिकारीले 'ब्रेक्जिट' मा सहमति जुटाउनका लागि इमान्दार हुनुपर्ने बताएका छन् । उनले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भनेका छन्, ‘म तुरुन्त आम चुनाव गराउने पक्षमा छैन । चुनाव हुने बित्तिकै 'ब्रेक्जिट' समस्या देशको लागि झन् भयावह हुनेछ ।’

प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका अर्का नेता रोरी स्टुअर्टले पूर्व विदेशमन्त्री बोरिस जोनसोनको नेतृत्वमा काम नगर्ने बताएका छन् । ‘ब्रेजिक्ट लाई लिएर उनले देखाएको मनोभावसँग म सहमत छैन,’ उनले भने । 

स्टुअर्टले भनेका छन्, ‘उनले पहिला बिना कुनै सम्झौता यूरोपियन यूनियनबाट नबाहिररिने बताएका थिए । तर अहिले उनी ठिक विपरीत देखिएका छन्, यसले हाम्रो अर्थव्यवस्था डुब्छ ।’

भावी प्रधानमन्त्रीका लागि उम्मेदवरी दिने पूर्व विदेश मन्त्री बोरिस जोनसोनले सन् २०१६ मा जनमत संग्रहको दौरान ‘लिभ क्याम्पियन’ अर्थात् यूरोपियन संघबाट छुट्टिने अभियानको नेतृत्व गरेका थिए । 

तर अहिले जोनसोनले आफ्नो हातमा सत्ता आए बेलायत आगामी अक्टुबरमा कुनै सम्झौता गरेर या बिना कुनै सम्झौता यूरोपियन संघबाट बाहिरिने बताएका छन् । 

यता यूरोपियन कमिसनका अध्यक्ष ज्याक एंकरले 'ब्रेक्जिट' को प्रक्रिया पूरा गर्नु यूरोपियन संघको प्राथमिकता रहेको बताएका छन् । 

प्रधानमन्त्री मेले गएको शुक्रबार मात्रै जुन ७ मा पद छोड्ने बताएकी थिइन् । तर नयाँ प्रधानमन्त्री नछानिएसम्म उनले पद सम्हाल्ने छिन् । सन् २०१६ मा भएको जनमत संग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो पूरा कोसिस गरेँ तर 'ब्रेक्जिट' ले पूर्णता नपाउँदा मलाई निकै दुःख लागेको छ,’ प्रधानमन्त्री मेले भनेकी थिइन् ।

अबको नयाँ प्रधानमन्त्रीले 'ब्रेक्जिट' सम्झौताको समर्थनमा प्रयास जारी राख्दा देशलाई हित हुने मेले बताइन् । 

तर विपक्षी लेबर पार्टीका जेरेमी कर्बिनलगायत कैंयौ नेताहरुले भने टरिजा मेले पद छोड्ने बित्तिकै आम चुनावको घोषणा हुनुपर्ने बताउँदै आएका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया