बलिउडका 'एक्सन मास्टर' तथा अजय देवगनका बुवा वीरु देवगनको निधन

 जेठ १३, २०७६ सोमबार १६:५२:४९ | एजेन्सी
unn.prixa.net

बलिउड उद्योगमा एक्सनलाई नयाँ उचाइमा पुर्‍याउने वीरु देवगनको सोमबार ८५ वर्षकाे उमेरमा निधन भएको छ ।

अभिनेता अजय देवगनका बुवा वीरु देवगन सन् १९६७ मा चलचित्र ‘अनिता’ मा स्टन्टम्यानका रुपमा बलिउड प्रवेश गरेका थिए । उनी पञ्जाबको अमृतसरमा बस्ने गरे पनि केही समयदेखि बिरामी रहेकाले मुम्बईको सान्ताक्रुज अस्पतालमा उपचाररत थिए । मुम्बईमा सोमबार साँझ नै अन्तिम संस्कार गरिने भएको छ ।

८० को दशकमा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन् । उनले काम गरेका चर्चित फिल्महरुमा ‘दिलवाले’(१९९४), ‘हिम्म्तवाला’(१९८३), ‘शंहशाह’ (१९९८) रहेका छन् । वीरुले १५० भन्दा बढी चलचित्रका स्टन्टको कोरियोग्राफी गरेका छन् । सन् १९९९ बनेको ‘हिन्दूस्तानकी कसम’ बाट उनले निर्देशनमा डेब्यू गरेका थिए । यस फिल्ममा अमिताभ बच्चन, मनिषा कोइराला, अजय देवगन, सुश्मिता सेनलगायतका कलाकारको अभिनय रहेको थियो । 

वीरु देवगनका श्रीमती वीणा अजय देवगन र अनिल देवगन गरी दुई छोरा र नीलम र कविता गरी दुई छोरी रहेका छन् । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया