सर्पले टोकेर बालकको मृत्यु

 असार २०, २०७५ बुधबार ८:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो ।

सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो । सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया