बजेटमा सडकलाई प्राथमिकता : फास्ट ट्रयाकलाई १५ अर्ब, कान्ति लाेकपथलाई ६१ कराेड रुपैयाँ विनियाेजन

 जेठ १५, २०७६ बुधबार १७:४०:६ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर - संघीय सरकारले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा मकवानपुरका पनि केही क्षेत्र समेटिएको छ ।

संघीय सरकारले मकवानपुरको हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने भएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

मयुरधापमा यसअघि नै औद्योगिक क्षेत्रको नाममा जग्गा प्राप्त भएको छ । जग्गामा केहीक्षेत्र घेराबार पनि गरिएको छ । तर, अरु काम भने हुन सकेको छैन । संघीय सरकारले पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगको क्षमता बिस्तार गर्ने भएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि पुराना मेसिनका कारण समस्या बेहोर्दै आएको सिमेन्ट उद्योगको क्षमता विस्तारमा सरकारले बजेटमार्फत यसको क्षमतामा थप विस्तार गर्न लागेको हो ।  

संघीय सरकारले ढल्केबर–हेटौडा प्रसारण लाइनको सबस्टेसन निर्माण गर्ने आज संसदमा प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यसैगरी द्रुतमार्ग निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।

मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यसैगरी कान्ति लोकपथ सडक निर्माणका लागि ६१ करोड रुपैयाँ छुट्याइएको छ । कान्तिलोकपथको हेटौंडाबाट काठमाण्डौसम्म जोडिएपछि साना तथा ठुला सवारीका साधनहरु यस सडक भएर चल्न सक्ने छन् । यसैगरी फास्ट ट्र्याकका लागि १५ अर्ब विनियोजन गरिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया