१९ वर्षीया किशाेरी नुसरत जहाँ हत्याकाण्ड: १६ जनामाथि जिउँदै जलाएर हत्या गरेको आरोप

 जेठ १५, २०७६ बुधबार २०:४२:५३ | एजेन्सी
unn.prixa.net

बंगलादेशमा यौन उत्पीडनको उजुरी गर्ने एक किशोरीको हत्या गरिएको थियो । १६ जनामाथि उनको हत्या गरेको आरोपमा लागेको छ । 

१९ वर्षीया नुसरत जहाँ रफीले यौन उत्पीडनको उजुरी दर्ता गरेको ६ दिनपछि उनको हत्या गरिएको थियो । इस्लामिक मदरसे विद्यालयको छतमा मट्टितेल छर्किएर उनीमाथि आगो लगाइएको थियो । 

विद्यालयका प्रधानाध्यपक सिराज उड दउला पनि ती किशोरीको हत्या आरोपमा मुछिएका छन् । प्रहरीका अनुसार, प्रधानाध्यापकले ती किशोरीलाई यौन उत्पीडनको उजुरी फिर्ता गर्न र उजुरी फिर्ता नगरे हत्या गर्ने आदेश दिएका थिए । 

उनीहरुले भने त्यो हत्याको तयारीलाई ‘सैन्य योजना’ को रुपमा व्याख्या गरेका छन् । यो विषयलाई लिएर अहिले बंगलादेशमा विरोध प्रदर्शन भैरहेको र यौन उत्पीडन र उत्पीडनको कमजोरीलाई पनि प्रस्ट पारेको छ । 

पीडित रफीले प्रधानाध्यपकविरुद्ध गत मार्चमा प्रहरीमा उजुरी गरेपछि उनलाई गिरफ्तार गरिएको थियो । गएको अप्रिल ६ मा ती किशोरी अन्तिम परीक्षाको दिन कक्षामा बसेकी थिइन् तर अनुहार ढाकेर आएका एक समूहले उनलाई बलजफ्ती विद्यालयको छतमा लगेका थिए । 

प्रहरीले भनेको छ, ‘यसलाई आत्महत्या बनाउने योजना बनाइएको थियो ।’ शरीरको ८० प्रतिशत भाग जलेकी किशोरीको गएको अप्रिलमा मृत्यु हुनु अघि उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् । 

राजधानी ढाकाबाट १ सय किलोमिटर बाहिर एक छोटो शहर फेनीमा प्रहरीले ती १६ आरोपितविरुद्ध हत्याको आरोप लगाएको छ । आरोप लाग्नेहरुमा छात्र र विद्यालयको प्रमुख पदमा रहेका अवामी पार्टीका दुई जना स्थानीय नेता पनि रहेका छन् । 

जाँचकर्ताहरुले सबै संदिग्ध आरोपीहरुलाई मृत्युदण्डको सजाय दिन आह्वान गरेका छन् । प्रहरीका अनुसार, विद्यालयका प्रधानाध्यापकले अदालतमा ती किशोरीको हत्या गर्न आदेश दिएको बताएका थिए । 

आरोपितमध्ये १२ जनाले ती युवतीले दिएको बयान स्वीकारेका छन् । तर ती दुई स्थानीय नेता भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताइरहेका छन् । 

१९ वर्षीया किशोरीको हत्यालाई लिएर बंगलादेशी प्रधानमन्त्री शेख हसीनाले हत्यामा संलग्न सबै व्यक्तिलाई न्याय दिलाएरै छाड्ने प्रतिज्ञा गरेकी छिन् । ‘घटनामा मुछिने कसैलाई पनि छोडिने छैन,’ उनले भनिन् । 

घटना के भएको थियो ?

गएको मार्च २७ मा रफीले मदरसे विद्यालयका प्रधानाध्यापकले आफ्नो कार्यालयमा बोलाएर पटक पटक अनुचित तरिकाबाट छुनका लागि भनेको आरोप लगाएकी थिइन् । त्यसपछि उनी भागेकी थिइन् । 

त्यसपछि उनी परिवारसँगै प्रहरी कार्यालय गएर एक बयान दिइन् । प्रहरी कार्यालयमा पनि उनलाई प्रहरी अधिकारीले प्रभावमा पारेर बयान दिन लगाइएको भिडियो सार्वजनिक भएको थियो । ती प्रहरी अधिकारीले त्यो घटनालाई कुनै ठूलो कुरा नभएको बताएका थिए । 

ती प्रहरी अधिकारीमाथि अवैध रुपमा बयान दर्ता गरेको र त्यसलाई अनलाइनमा शेयर गरको आरोप लागेको थियो । 

उक्त बयानपछि मदरसा विद्यालयका प्रधानाध्यापकलाई गरिफ्तार गरिएको थियो, जसलाई लिएर स्थानीयहरु उनको रिहाइका लागि प्रदर्शनमा उत्रिएका थिए । 
पुलिस जाँच ब्यूरो (पीबीआई) का प्रमुख बनज कुमार मजुमदारका अनुसार, प्रधानाध्यापकले जेलबाट नै आफ्ना सहयोगीलाई उक्त मुद्दा फिर्ता लिन नुसरतको परिवारलाई धम्काउन निर्देशन दिएका दिए । 

ती प्रधानाध्यापकले यदि धम्की दिँदा पनि नमाने हत्या गर्ने आरोप पनि दिएको बताइएको छ । ‘उनीहरुले मट्टितेल र अनुहार ढाक्नले वस्तु खरिद गरे र हत्या गरिएको दिन गएको ६ अप्रिलमा बाँडेका थिए,’ पीबीआई प्रमुख मजुमदारले भने । 

पीबीआई प्रमुखले त्यो घटना घटाउन केही विद्यार्थीहरुले केवल छात्रहरुलाई मात्र विद्यालयभित्र जान दिनका लागि गेटमा पहरा दिएको बताए । यसरी सबै प्रक्रिया मिलाएर नुसरतमाथि आक्रमण गरिएको थियो । 

नुसरतले दिएको बयान अनुसार, उनलाई एक महिला छात्रको सहयोगमा विद्यालयको छतसम्म पुर्‍याएको थियो । 

त्यहाँ पनि उनलाई मुद्दा फिर्ता लिन दबाब दिइएको थियो र खाली पानामा हस्ताक्षर गर्न दबाब दिइएको थियो । जब उनले फिर्ता नलिने बताइन् तब उनलाई मट्टितेल छर्किएर आगो लगाइयो । 

एम्बुलेन्समा डरका कारण उनी बच्न सकिनन् । उनले आफ्नो भाइको मोबाइलमा आफूमाथि आक्रमण गर्ने केही छात्र रहेको बयान दिएकी थिइन् । 

‘शिक्षकले मलाई छोएका हुन् र म यो कुरा अन्तिम साससम्म भनिरहन्छु,’ एक भिडियोमा ती किशोरीले भनेको सुन्न सकिन्छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया