छिन्नलता गीत पुरस्कार–२०७५ बद्री दुर्गा खरेललाई

 जेठ १६, २०७६ बिहिबार ९:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छिन्नलता गीत पुरस्कार–२०७५ बद्री दुर्गा खरेललाई प्रदान गरिने भएको छ । 

छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि पुर्‍याएको योगदानका लागि गायक–संगीतकार बद्री दुर्गा खरेललाई प्रदान गर्ने निर्णय गरेको हो ।

खरेलले गएको वर्ष गोपाल योञ्जनको नाममा स्थापित पुरस्कार पाउनुभएको थियो । यस्तै छिन्नलता विशेष सम्मानबाट गायिका तीर्थ कुमारी, गीतकारतर्फ बुद्धवीर लामा, गायकतर्फ यम बराल र युवा पुरस्कारबाट लोक दोहोरी गायक प्रकाश सपूतलाई सम्मान गर्ने निर्णय भएको छ ।

आउँदो असारमा विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिनेछ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया