नेकपाको संसदीय दलको नेतामा ओली सर्वसम्मत

 जेठ ५, २०७५ शनिबार १४:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

पार्टी एकतापछि पहिलोपल्ट बसेको नेकपाको संसदीय दलको बैठकले ओलीलाई संसदीय नेतामा चयन गरेको हो । संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया