सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गरिन्छ: मन्त्री महासेठ

 जेठ १७, २०७६ शुक्रबार १८:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । 

मन्त्री महासेठले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि जानकारी दिनुभयो । शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने र १५ दिने सूचना जारी गरिएको पनि स्मरण गराउनु भयो ।

मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्षभित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाइ छ ।

मन्त्री महासेठलले मध्य पहाडी राजमार्गको १३३ वटा पुलमध्ये ७० वटाको निर्माण कार्य सम्पन्न गरिएको तथा हुलाकी राजमार्गको २ सय १९ वटा पुलमध्ये ८० वटाको निर्माण कार्य सम्पन्न गरिएको पनि समितिलाई जानकारी गराउनु भयो ।

 

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया