उपराष्ट्रपति पुन आज स्वदेश फर्कँदै

 जेठ १८, २०७६ शनिबार ७:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुन एक हप्ता लामो अष्ट्रियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । 

कतार एअरवेजबाट दोहा प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया जानु भएको थियो । उहाँले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया