सरकारको कार्यकालबारेकाे आफ्नो भनाइलाई अतिरञ्जित नगर्न नेकपा अध्यक्ष दाहालकाे आग्रह

 जेठ १८, २०७६ शनिबार १५:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कार्याकालसम्बन्धी आफ्नो भनाइलाई अतिरञ्जित नगर्न आग्रह गर्नुभएको छ ।

शनिबार बिहान विराटनगर विमास्थलमा उत्रेलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सरकार गठनकै समयमा भएको सहमतिलाई लिएर अतिरञ्जित गर्नु आवश्यक नभएको बताउनुभएको हो । उहाँले आलोपालो सरकार चलाउने विषय पुरानै विषय भएको र यसअघि कैयौँ पटक सञ्चारमाध्यममा आइसकेकाले अनावश्यक प्रचारबाजीमा नजान अनुरोध गर्नुभयो ।

अध्यक्ष दाहालले भारतीय विदेश मन्त्री जो भए पनि त्यसले नेपालमा तात्विक असर नपार्ने दावी पनि गर्नुभयो । विदेश सचिव भएको सयमा नेपालप्रति अनुदार देखिएका एस. जयशंकर हालै भारतीय विदेशमन्त्री बनेको सन्दर्भमा नेपालमा पर्ने प्रभावका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‍

नाकाबन्दी, संविधान निर्माण लगायत प्रक्रियामा भारतले शिक्षा लिइसकेको र त्यस किसिमको घटना नदोहोरियोस् भनेर आफूहरुले पनि सर्तकता अपनाएकाले भारतीय विदेशमन्त्री जयशंकर नै भए पनि नेपालमा त्यसको तात्विक असर नपर्ने उहाँको तर्क थियो ।

संविधान निर्माण र नाकावन्दीमा महत्वपूर्ण भुमिका निर्वाह गरेका जयशंकर विदेशमन्त्री भएलगत्तै त्यसले नेपालमा पार्ने प्रभावबारे टिप्पणी हुन थालेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया