बजारका आँप खाँदै हुनुहुन्छ ? डाक्टरको सल्लाह यस्तो छ

 जेठ ५, २०७५ शनिबार १४:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ५ – कार्बाइड प्रयोग गरी पकाइएका आँप, लिचीलगायतका फलफूल नखान डाक्टरहरुले सुझाव दिएका छन् । 

आँप तथा लिची प्राकृतिक तरिकाले पाक्ने समय नभए पनि बजारमा छ्याप्छ्याप्ती आउन थालेको भन्दै डाक्टरहरले औषधि प्रयोग गरेर पकाइएका त्यस्ता फलफूल खाँदा होसियारी अपनाउनुपर्ने सुझाव दिएका छन् । 

वरिष्ठ फिजिसियन डाक्टर वासुदेव पाण्डेले कार्बाइड प्रयोग गरी पकाइएका फलफूल पहेँलो पाकेको जस्तो देखिए पनि यस्ता फलफूलले तत्कालीन र दीर्घकालीन रुपमा असर गर्ने बताउनुभयो । 

तत्कालीन रुपमा झाडापखाला लाग्ने, मुखमा घाउ हुने, ग्यास्ट्रिक हुने, एलर्जी हुने, घाउ हुने  लगायतका समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने कलेजो, छालाको समस्या हुने र धेरै मात्रामा खाँदा क्यान्सरको समेत खतरा हुने डाक्टर पाण्डले बताउनुभयो । 

औषधि प्रयोग गरी पकाइएका फलफूल खानै पर्ने भएमा कम्तीमा पनि १० देखि १२ घण्टा पानीमा डुबाएर र बोक्रा ताछेर खानुपर्ने डाक्टर पाण्डेको सुझाव छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया