अख्तियारले वाइडबडी र बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान गर्नुपर्छ : सभापति देउवा

 जेठ १९, २०७६ आइतबार ११:४५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बिहान भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको भन्दै अख्तियारले छानबिन गरी सार्वजनिक गर्नुपर्ने बताउनु भएको हो ।

वाइडबडी खरिद प्रकरण र बालुवाटार जग्गा काण्डमा आफनो संलग्नता नभएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताउनु भयो । उहाँले निरंकुशतातर्फ पाइला चालेको ओली सरकारलाई राणा र राजालाई जस्तै नागरिकले परास्त गर्ने बताउनु भयो ।

सभापति देउवाले कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली नेतृत्वको सरकारले गर्ने हरेक गल्ती र कमजोरीको एक–एक हिसाब किताब राख्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया