सांसदको गुनासो : ‘कुर्सी भाँचिएर चार पटक लडेँ, ज्यान जोगाइ पाउँ’

 जेठ १९, २०७६ आइतबार १२:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सडकमा धुलो धुवाँ छ, रोजगारीको लागि युवा विदेश जानुपरेको छ । महँगी बढेको छ, अखाद्य वस्तुको बिक्री वितरण भैरहेको छ । नागरिक  यस्ता समस्याबाट पीडित छन् । 

नागरिकका एकथरी दुःख छन् । सांसदका पनि उस्तै दुःख रहेछन् । आइतबारको प्रतितिधिसभाको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले यस्तै गुनासो गर्नुभयो । उहाँले भाँचिएका कुर्सी फेरिदिएर आफ्नो ज्यान जोगाइदिन पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो । 

भाँचिएको कुर्सी सभामुखतर्फ देखाउँदै सांसद अधिकारीले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको चार पटक भैसक्यो, अहिलेसम्म धन्न दुर्घटना भएको छैन, बाँचिएको छ धन्न, यो कतिपटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्, यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाइ पाउँ ।’


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया