बलिउड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरबाट पीडित, ट्विटरमार्फत गरिन् सार्वजनिक

 असार २०, २०७५ बुधबार १६:२३:५८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री सोनाली बेन्द्रेको भर्खरै सार्वजनिक भएको खबरले बलिउड तथा उनका फ्यानहरुलाई ठूलो झड्का लागेको छ । 

बलिउडमा ‘हम साथ साथ हे’, ‘लज्जा’, ‘सरफरोस’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी सोनाली अहिले क्यान्सरसँग लडिरहेकी छिन् । उनी अमेरिकाको न्यूयोर्कस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् । सोनालीले आफूलाई क्यान्सर लागेको कुरास्वयमले ट्विटरमार्फत सार्वजनिक गरेकी हुन् । 

उनले लेखेकी छिन्, ‘कहिलेकाहीँ  तपाईँले अपेक्षा नै नगरेका बेला जीन्दगीले तपाईँलाई सोच्न नसकेको मोडमा ल्याइदिन्छ । उपचारका क्रममा हालै मलाई क्यान्सर लागेको कुरा पत्ता लगाइएको छ । हामीले त्यस्तो होला भनेर सोचेकै थिएनौँ । एक भयावह पीडासँग लडिसकेपछि एउटा जाँच गरियो । त्यसपश्चात अप्रत्यासित रोग पत्ता लगाइएको छ । मेरो परिवार र नजिकका साथीहरुले मलाई चारैतिरबाट मलाई साथ दिइरहेका छन्  । मलाई राम्रो हेरचाह र सहयोग गरिरहेका छन । जसको मलाई अहिले निकै आवश्यक छ । म सबैको माया, साथ र हौसलाप्रति आभारी छु । अहिले म न्यूयोर्कमा उपचार गराइरहेकी छु । हामी आशावादी छौँ र म अब आउने हरेक कदममा लड्नका लागि तयार छु । पछिल्लो केही दिनयता मलाई जुन माया र साथ दिनुभएको छ । त्यसले मलाई धेरै सहयोग पुगेको छ । म त्यसप्रति आभारी छु ।’ 

 

सोनालीलाई हाई ग्रेड मानिने मेटास्टेटिक क्यान्सर भएको हो । मेटास्टेटिक क्यान्सर शरीरको एक भागबाट अर्को भागमा फैलिन्छ । शरीरमा भएको ट्यूमरबाट क्यान्सर सेल्सहरु छुटेपछि शरीरको पूरै भागमा फैलिने गर्छ । यस प्रकारको क्यान्सरको संक्रमण सबैभन्दा पहिले हड्डीमा फैलिने चिकित्सकहरु बताउँछन् । त्यसपछि कलेजो, मस्तिष्क, गर्भाशय तथा मूत्राशयसम्म यसको संक्रमण फैलिने गर्छ । 

 

मोडलिङबाट बलिउड छिरेकी सोनालीले सन् १९९४ मा फिल्म ‘आग’ बाट डेब्यू गरेकी थिइन । त्यसपछि कयौं हिट फिल्ममा काम गरिसकेकी छिन । सोनालीलाई सन् २००१ मा फिल्म ‘हम आपके हे कौन’ का लागि स्टार स्क्रिन पुरस्कारले उत्कृष्ट अभिनेत्रीको पुरस्कारबाट सम्मान गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Ramji

    July 5, 2018, 4:03 a.m.

    I think in Hum apke hai kaun Madhuri Dixit is actress not sonali bendre. So how come she got best actress award from that movie?

  •  0 Reply

तपाईको प्रतिक्रिया