करेन्ट लागेर ज्यान गुमाएका ४ जनाको सामूहिक अन्त्येष्टि

 असार २०, २०७५ बुधबार २०:३०:११ | विमल बिष्ट
unn.prixa.net

डोटी – करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउँपालिका –१, चासीगाउँका चार जना युवाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।

मृतकहरु चारै जना एकै गाउँका भएकाले सामूहिक अन्त्येष्टि गरिएको स्थानियबासी राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।

ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको बुधबार साँझ दिपायलस्थित सेती नदीको बासुधारमा अन्त्येष्टि गरिएको हो । मंगलबार स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउमा गाड्ने क्रममा करेन्ट लागेर स्थानीय ४ जना युवाहरुको घटनास्थलमै ज्यान गएको थियो । 

करेन्ट लागेर ज्यान गुमाउनेमा ३०  वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।

करेन्ट लागेर घाइते भएका बमबहादुर खड्काको दिपायलस्थित शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया