फाेहाेर र ढल मिसाइएपछि महाकाली नदीमा पानीको शुद्धता घट्यो

 जेठ २३, २०७६ बिहिबार १७:४९:३९ | तपेन्द्र बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डडेल्धुरा - महाकाली नदी दिनहुँ दुर्गन्धित बन्दै गएपछि पानीको शुद्धता कम हुँदै गएको छ ।

कैलाश पर्वतबाट बग्ने पवित्र गंगाको रुपमा लिइने महाकाली घरको ढल र प्लाष्टिकले अहिले दुर्गन्धित बन्दै गएको छ । नदी किनारका विभिन्न वस्तीका साथै दार्चुला सदरमुकाम खलंगा क्षेत्रबाट महाकाली नदीमा बढि फोहोर फालिने गरेको छ ।

शौचालयको ढल र बजारको फोहोर सिधै महाकाली नदीमा मिसाइने गरेको एक अध्ययनले देखाएको छ । धार्मिक आस्था बोकेको पवित्र महाकाली नदीमा फोहोर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै नदीमा क्षारीयपना बढ्दै गएको छ ।

दक्षिण एसियाली सीमा नदीको सामुदायिक सदुपयोग परियोजना सञ्चालन गर्दै आइरहेको अक्सफाम नेपालको सहयोगमा रुडुक डडेल्धुराले महाकाली नदीको पानीको शुद्धता मापन गर्दा फोहोरको मात्रा बढ्दै गएको पाएको हो । महाकाली नदीको लास्कु खोला, दत्तु र जौलजीवि क्षेत्रमा पानीको शुद्धता मापन गर्दा ७ दशमलव ५ देखि ८ दशमलव २ (पीएच) क्षारीयपना भेटिएको वातावरण विज्ञ कृष्णदेव जोशीले बताउनुभयो ।

अहिलेको यो परिणामले महाकाली नदीको पानी पिउन योग्य नभएको वातावरण विज्ञ जोशीको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया