ट्रम्पले व्यापार शुल्क बढाउने धम्की दिएपछि मेक्सिकोले गर्‍याे सम्झौता

 जेठ २५, २०७६ शनिबार १७:५१:१० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार शुल्क लगाउने चेतावनी दिएपछि मेक्सिकोका प्रवासीहरुको पलायन रोक्नको लागि हर सम्भवको प्रयास गर्न तयार भएको छ । 

‘अमेरिकातर्फ प्रवासीहरुको पलायन रोक्नका लागि हामी हर सम्भवको कदम उठाउन तयार छौँ’, मेक्सिकोले भनेको छ । अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा एकपछि अर्काे ट्वीट गर्दै यसबारे जानकारी दिएका थिए । 

‘सबै अमेरिकावासीहरुलाई यो कुरा बताउँदा खुशीको अनुभव भैरहेको छ, अमेरिका र मेक्सिकोबीच एक लिखित सम्झौता भएको छ । अमेरिकाले मेक्सिकोमाथि लगाउने भनिएको व्यापार शुल्क अनिश्चितकालका लागि टरेको छ । यसको बदलामा मेक्सिकोले प्रवासीको पलायन रोक्नका लागि सख्त कदम उठाउने सहमति जनाएको छ,’ राष्ट्रपटि ट्रम्पले ट्वीट गरेका छन् । 

यसअघि ट्रम्पले भनेका थिए, ‘यदि मेक्सिकोले प्रवासीमाथि अंकुश नलगाए मेक्सिको को उत्पादनमा ५ प्रतिशत आयात शुल्क लगाइनेछ । जुन प्रतिशत बढेर अक्टुबरसम्म २५ प्रतिशत हुनेछ। ’

यद्दपि अमेरिका र मेक्सिकोबीच भएको सम्झौतामा कुन कुन कुरा उल्लेख गरिएको छ भन्ने सार्वजनिक भैसकेको छैन । मेक्सिकोका विदेश सचिव मार्सेलो इबरार्डले ट्वीट गर्दाै दुबै देशबीच सहमति भएको जानकारी दिएका थिए । 

सम्झौतामा के छ, सार्वजनिक भैसकेको छैन

दुई देशको एक संयुक्त घोषणा पत्रमा मेक्सिकोले अनियमित प्रवास र मानव तस्करी रोक्नका लागि हर सम्भव प्रयासको लागि कदल उठाउने बताइएको छ । 
यो सम्झौताका अनुसार, मेक्सिकोले सोमबारदेखि पुरै देशमा राष्ट्रिय सुरक्षाकर्मी तैनाथ गर्नेछ, विशेषगरी अमेरिका-मेक्सिको सीमामा सुरक्षाकर्मी तैनाथ गर्नेछ

अमेरिकाले भने मानिसहरुलाई मेक्सिको पठाउने कार्यक्रमलाई तीव्रता दिनेछ । अमेरिकामा गैर कानुनी ढंगले उनीहरुमाथि कारबाही पनि हुनेछ । 
मेक्सिको का विदेश सचिव इबरार्डले दुई देशबीच भएको सम्झौता पूर्णरुपमा न्यायसङ्गत र कसैमाथि पनि भेदभाव नगरिएको बताए । 

ट्रम्प कुन शुल्कलाई लिएर मेक्सिकाेलाई तर्साइहेका छन् ?

यदि यो सम्झौता नभएको खण्डमा मेक्सिकोले भारी व्यापार शुल्क दिनुपर्थ्याे । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रत्येक महिना ५ प्रतिशत शुल्क बढाउने र अक्टुबरसम्ममा २५ प्रतिशत पुग्ने बताएका थिए । कार, बियर, फल र सब्जीमा कर लगाइने बताइएको थियो । 

अमेरिका-मेक्सिको सीमाको हालत कस्तो छ ?

अमेरिकाको सीमा एवं सीमा सुरक्षा विभागले गिरफ्तार गरिएको प्रवासीको संख्या सबैभन्दा धेरै मे महिनामा थियो । जुन संख्या पछिल्लो एक दशकमा सबैभन्दा उच्च हो ।

मे महिनामा सीमामा गस्ती गर्ने क्रममा एक लाख ३२ हजारभन्दा बढी मानिसहरुलाई मेक्सिको को सीमा पार गर्ने क्रममा पक्राउ गरिएको थियो । अप्रिल महिनाको तुलनामा यो संख्या ३३ प्रतिशतले धेरै हो । 

विभागका अनुसार पक्राउ परेका मध्ये ८४ हजार पाँच सय ४२ जना परिवारका सदस्य थिए भने ११ हजार पाँच सय ७ जना बालबालिकाको कोही पनि थिएन । 
यसको अलावा ११ हजार ३ सय ९१ जना प्रवासीहरुलाई अमेरिकाको सीमामा पुगिसकेकालाई फिर्ता गराइएको थियो । 

‘हामी निकै आपतकालीन अवस्थामा छौँ । सिस्टम पूर्णरुपमा टुटेको छ,’ विभागका आयुक्त जोन सेन्डर्सले भने । 
   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया