जब बल स्टम्प उडाउँदै सीमा रेखा बाहिर पुग्यो...

 जेठ २६, २०७६ आइतबार ११:४३:२६ | एजेन्सी
unn.prixa.net

विश्व कप क्रिकेट २०१९ अन्तर्गत शनिबार कार्डिफमा इंग्ल्याण्ड र बंगालादेशबीचको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ६ रनले हरायो । तर त्यो खेलमा भएको एउटा घटनाले भने सबै खेलप्रेमीको मन जितेको छ । 

इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले १४३ किलोमिटर प्रतिघण्टाको रफ्तारमा फ्याँकेको बल स्टम्प उडाउँदै सीमा रेखा बाहिर पुग्यो । आर्चरले फ्याँकेको बल विकेट किपरभन्दा माथिबाट सीमा रेखा बाहिर पुगेको हो । 

यो घटना चौथो ओभरको दोस्रो बलमा भएको थियो, जब बंगलादेशका ब्याट्सम्यान सोम्य सरकार ब्याटिङ गरिरहेका थिए । सौम्य सरकारले आर्चरले फ्याँकेको बल रोक्ने प्रयास गरेका थिए तर उनी क्लिन बोल्ड भए र मात्र २ रन बनाएर आउट भए । 

शनिबार भएको खेलमा जोफ्रा आर्चरले यो संस्करणको विश्व कपमा सबैभन्दा तेज गति अर्थात् १५३ दशमलव ४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फ्याँकेको छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया