भक्तपुर नगरपालिकामा प्रमाणपत्र धिताे राखेर ऋण दिन सुरु

 जेठ २६, २०७६ आइतबार १८:५३:१९ | रमेश गिरी
unn.prixa.net

भक्तपुर - भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण गर्न सुरु गरेको छ । 

नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र  धितो राखेर सहुलियत ब्याज दरमा पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋण दिन सुरु गरेको हो । 

भक्तपुर नगरपालिकाले आइतबार आयोजना गरेको शैक्षिक ऋण वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म ६ प्रतिशतको सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको बताउनुभयो । 

भक्तपुर नगरपालिकाले चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखेर २ जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।    

उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेकाे कलेजहरूमा देशभरका विद्यार्थीहरूले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउँदै देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा भक्तपुर नगरपालिकाले योगदान गरिरहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने विद्यार्थीहरूलाई आकर्षित गर्न नगरपालिकाले छात्रवृत्तिसमेत प्रदान गर्दै आएको बताउनुभयो ।
    

    
    
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया