प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
इलाम – जोशी हाइड्रोपावरमा आगलागी हुँदा झण्डै ५ करोडको क्षति भएको छ ।
इलामको इलाम नगरपालिका वडा नम्बर–४, पुवाखोलामा रहेको जोशी हाइड्रोपावरको टर्बाइन जेनेरेटरमा अचानक आगलागी हुँदा झण्डै ५ करोडको क्षति भएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनुभयो ।
इञ्जिनियरिङ इञ्चार्ज सुमित श्रेष्ठका अनुसार, त्यो जेनेरेटर केही दिनअघिबाटै सञ्चालन हुन छोडेको थियो । मंगलबार अचानक सञ्चालन हुनासाथ त्यो जेनेरेटरबाट आगो निस्किएको हो ।
आगो सुरु भएको डेढ घण्टामा मात्र स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रहरी, कर्मचारीलगायतको सहयोगमा आगो निभाइएको थियो । पटक–पटक भन्दा पनि हाइड्रोले बाटो निर्माणमा बेवास्ता गरेका कारण बाटोको असुविधाले गर्दा इलाम नगरपालिकाको दमकल भने ढिला गरी मात्र पुगेको बताइएको छ ।