विश्वकप क्रिकेट: बंगलादेश र श्रीलंकाबीच खेल वर्षाका कारण रद्द

 जेठ २८, २०७६ मंगलबार २०:१९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत बंगलादेश र श्रीलंकाबीच खेल वर्षाले रद्द भएको छ ।

ब्रिस्टोलमा बिहानदेखि वर्षा भएपछि टस नै नभइ खेल रद्द भएको हो । जसका कारण दुवै टिमले एक-एक अंक बाँडेका छन् । जारी विश्वकपमा दुवै टिमले एक-एक खेलमा जित निकाल्दै दुई खेलमा हार बेहोरेका छन् ।

साेमबारको खेलमा अंक बाँडेपछि दुवै टिमलाई सुपर सिक्स पुग्ने याेजनामा ठूलो धक्का लागेको छ । श्रीलंकाले न्युजिल्याण्डविरुद्ध लज्जास्पद पराजय बेहोरेको थियो भने बंगलादेश इंग्ल्याण्डसँग १ सय ६ रनले पराजित भएकाे थयाे । यसअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया