विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा

 जेठ २९, २०७६ बुधबार ८:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ । 

यस खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । गएको बिहीबार द ओभलमा पहिलो इनिङमै लगभग खेलबाट बाहिरिइसकेको थियो । 

३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीको कुनै पनि समयमा अष्ट्रेलियाले खेल नियन्त्रणमा लिन सकेन । महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो ।

यद्यपी एलेक्स केरीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो । पूरै ब्याटिङपंक्तिमा उनै एक थिए जसले च्याम्पियन शैलीमा रन बटुलेका थिए ।

त्यसको विपरित पाकिस्तान टिम जसले यूएईमा अष्ट्रेलियाविरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो । र, आरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो । 

आफ्नो बाटोमा रहेको श्रीलंकालाई पाखा लगाउने उसको योजना सफल हुन पाएन । किनभने खेलको नतिजा आउनुअघि नै वर्षाले रद्ध भयो । अष्ट्रेलियाविरुद्धको खेलमा पनि उसलाई त्यस्तै प्रदर्शनको जरुरी हुनेछ जस्तो उनीहरुले इंग्ल्याण्डविरुद्ध गरेका थिए । 

टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ । यस्तो अवस्थाको पीचमा खेलको सुरुआती ओभरमा फाष्ट बलर प्रभावकारी हुनेछन् । सायद कप्तानहरु टस जितेर फिल्डिङ रोज्न इच्छुक हुनेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया