प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्री मे र राजकुमार ह्यारीसँग भेटवार्ता

 जेठ २९, २०७६ बुधबार १०:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले मेसँग मङ्गलबार दिउँसोे भेटवार्ता गर्नुभएको हो । 

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, नेपालमा वैदेशिक लगानी, नेपालको पुनर्निर्माण भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

लन्डनमा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गर्नुभएको छ । ओलीलाई केन्सिङटन प्यालेसमा स्वागत गर्दै ह्यारीले नेपालको पुनर्निर्माणबारे चासो व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले ह्यारीलाई पुनः भ्रमणको निमन्त्रणा दिँदै नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया