वर्षाले प्रभावित विश्वकपका खेलहरु अन्य दिनमा खेलाउन सकिँदैन: रिचर्डसन

 जेठ २९, २०७६ बुधबार १४:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीका निवर्तमान मुख्य कार्यकारी डेभिड रिचर्डसनले वर्षाले प्रभावित विश्वकपका खेलहरु अन्य दिनमा खेलाउन नसकिने बताएका छन् ।

प्रतियोगिताको लामो तालिकाका कारण पनि व्यवहारिक नहुने उनको भनाइ छ । श्रीलंका र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीचको खेल पानी परेपछि रद्द भएको थियो । दक्षिण अफ्रिका र वेस्टइण्डिजको खेलमा भने ७।३ ओभरको खेल हुँदा पानी परेपछि खेलको नतिजा आउन सकेकाे थिएन ।  

रिचर्डसनले भने, ‘विश्वकपका हरेक खेल अन्य दिनमा तय गर्दा धेरै समय लाग्छ र यो व्यवहारिक पनि हुँदैन ।’

मौसम विभागका अनुसार अमेरिकामा जुन महिनामा औसत धेरै पानी पर्छ भने इंग्ल्याण्डमा तुलनात्मक रुपमा सुख्खा मौसम हुुन पर्ने हो । २०१८ को जुन महिनामा जम्मा २ मिलिमिटर पानी परेको थियो । यस वर्ष भने २४ घण्टामा १०० मिलिमिटर पानी परेको छ । 

पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगायतका विविध समस्याहरु उत्पन्न हुने पनि रिचर्डसनको भनाइ थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया