सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
यूरोपियन युनियन हङकङका नागरिकको पक्षमा उभिएको छ । यूराेपियन युनियनले नागरिकको अधिकारको सम्मान गर्न हङकङसँग अपिल पनि गरेको छ ।
हङकङमा सुपुर्दगी कानुनको संशोधनको विरोधमा हजारौं संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक संघर्ष पनि भएको छ । प्रस्तावित कानुनको अनुसार, यदि कोही अपराध गरेर हङकङ भाग्छ भने उसलाई जाँच प्रक्रियामा सामेल गर्नका लागि चीन पठाइनेछ ।
बेलायतले पनि हङकङ नेतृत्वलाई आफ्नो जनता र अन्तर्राष्ट्रिय सहयोगीहरुको चिन्तालाई सुन्न आग्रह गरेको छ । हङकङको सरकारले भने प्रदर्शनकारीहरुमाथि प्रायोजित ढंगबाट दंगा फैलाएको र हिंस्रक घटनालाई बढावा दिएको आरोप लगाएको छ ।
बुधबार मात्रै प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको थियो । प्रहरीले प्रदर्शनकारीहरुको भिड तितर बितर गर्नको लागि अश्रुग्याँस पनि बर्साएको थियो ।
यता चीनले भने हङकङलाई ढिला नगरिकन प्रस्तावलाई अघि बढाउन दबाब दिएको छ ।