देशकाे आर्थिक संकट टार्न आफूले प्रयाेग गर्ने विमान बेच्ने मेक्सिकाेका राष्ट्रपतिकाे निर्णय

 जेठ ३०, २०७६ बिहिबार २०:४६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले देश आर्थिक संकटमा परेको भन्दै आफूले प्रयोग गर्दै आएको विमान बेच्ने घोषणा गर्नुभएको छ ।

वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडेरले विमान बेचेर आएको नाफाबाट गैरकानुनी आप्रवासन नियन्त्रण गर्न खर्च गर्ने घोषणा गर्नुभएको छ । अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको रोक्ने सहमति गरेको छ ।

उहाँले चढ्ने बोइङ ड्रिमलाइनर ७८७ सिरिजको विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको छ । पदभार ग्रहण गर्दा नै राष्ट्रपति ओब्राडोरले आफू सार्वजनिक विमान चढ्ने घोषणा गर्नुभएको थियो । यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिकप्टर पनि बिक्री गर्न खोजिरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया