माउरिसियो सार्री युभेन्टस जाने, लाम्पार्ड चेल्सीका नयाँ प्रशिक्षक

 जेठ ३१, २०७६ शुक्रबार ७:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले प्रशिक्षक माउरिसियो सार्रीलाई इटालियन च्याम्पियन युभेन्टस जानका लागि बाटो खुला गरिदिएको छ । 

चेल्सीलाई प्रिमियर लिगमा तेस्रो र युरोपा लिगको उपाधि जिताएका सार्रीलाई युभेन्टस जानका लागि सैद्धान्तिक सम्झौता भएको हो । जसको आधिकारिक सम्झौता शुक्रबार नै हुने बताइएको छ ।  

गएको वर्षको जुलाईमा चेल्सीले तीन वर्षको सम्झौता गरेको थियो । रोमन इब्राहिमोभिचले चेल्सी किनेपछि सार्री क्लब छोड्ने नवौं प्रशिक्षक हुनेछन् । प्रिमियर लिग र युरोपा लिगको प्रदर्शन बाहेक सार्रीको सबैभन्दा ठूलो समस्या खेलाडीसँगको सम्बन्धमा देखियो । 

गएको फेब्रुअरीमा कारबाओ कपको फाइनलमा गोलकिपर केपाले सब्स्टिच्युट हुन मानेका थिएनन् । जुन खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।

क्लबका वरिष्ठ अधिकारीका अनुसार, पूर्व खेलाडी फ्राङ्क लाम्पार्ड प्रशिक्षकका रुपमा स्ट्याम्फर्ड ब्रिजमा आउँदैछन् । डर्बी काउन्टिलाई च्याम्पियनसिप प्लेअफसम्म पुर्‍याएका लाम्पार्ड चेल्सीका सर्वाधिक गोलकर्ता पनि हुन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया