विश्वकप क्रिकेट : पहिलाे जितकाे खाेजीमा दक्षिण अफ्रिका र अफगानिस्तान

 जेठ ३२, २०७६ शनिबार १०:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान र दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वककपमा अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । 

शनिबार कार्डिफमा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजविरुद्धको खेल वर्षाले रद्ध भएको थियो । 

सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।

यता सुरुवाति तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङ पक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ । मोहम्मद शाहजाद फिटनेसका कारण टिमबाट निकालिएपछि अफगानी ब्याटिङ अझै कमजोर बनेको छ ।

निराशाजनक सुरुवात गरेको दक्षिण अफ्रिकालाई पराजित गर्न सकेमा दोस्रोपल्ट विश्वकप खेलिरहेको अफगानिस्तानका लागि ठूलो सफलता हुनेछ । त्यसका लागि अफगानिस्तानले कागिसो रबाडा र इमरान ताहिरको नेतृत्वमा रहेको अफगानी बलिङ आक्रमणको सामना गर्नुपर्नेछ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया