नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
सधैँजसो विवादमा आइरहने पश्चिम बंगालकी मुख्यमन्त्री तथा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कटुआलाेचक ममता बनर्जीले फेरि एक पटक विवादित बयान दिएकी छिन् ।
शुक्रबार उत्तर १४ परगना जिल्लाको एक र्यालीमा बंगालमा बाहिरबाट आउनेले बंगाली भाषा बोल्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामी जब दिल्ली जान्छौँ हिन्दी बोल्छौँ, जब पञ्जाब जान्छौँ पञ्जाबी बोल्नुपर्छ, जब म तमिलनाडु जान्छु तब नजाने पनि केही तमिल शब्द बोल्छु, यसरी नै बंगाल आउने सबैले बंगाली बोल्नुपर्छ ।’
पश्चिम बंगालमा चलिरहेको डाक्टरहरुको आन्दोलनलाई बाहिरका मानिसहरुले भड्काएको उनको भनाइ छ । ‘म आफैले बिहीबार केही बाहिरका मानिसहरुले एसएसकेएम अस्पतालमा नारा लगाइरहेको देखेँको थिएँ ।’
तर भारतीय जनता पार्टीका महासचिव र बंगाल प्रभारी कैलाश विजयवर्गीयले भने राज्यमा डाक्टरहरु सुरक्षित नरहेको बताएका छन् ।
पश्चिम बंगालमा डाक्टरहरुमाथि भएको आक्रमणपछि विभिन्न राज्यका डाक्टरहरु हड्तालमा उत्रिएका छन् ।