फिफा विश्वकप महिला फुटबल: नेदरल्याण्ड्सकाे दोस्रो जित

 जेठ ३२, २०७६ शनिबार २१:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप महिला फुटबलमा नेदरल्याण्ड्सले दोस्रो जित हासिल गरेको छ ।

पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेदरल्याण्डसले शनिबार क्यामरुनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ६ अंक जोड्दै नेदरल्याण्ड्स समूह ई मा शीर्ष स्थानमा यथावत रहेको छ ।

नेदरल्याण्ड्सका लागि ४१ औं मिनेटमा भिभाने मेडिमाले सान्सी भान डी सानडेनको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । १ गोलले पछि परेको क्यामरुनले २ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४३ औं मिनेटमा ग्याब्रिल ओनगुनेले बराबरी गोल गरेकी हुन् ।

पहिलो हाफमा दुवै टिमले एक एक गोलको बराबरी गरे पनि दोस्रो हाफमा नेदरल्याण्ड्सले निर्णायक गोल गरेको थियो । ४८ औं मिनेटमा डोमोनिक बलडवोर्थले गोल गर्दै नेदरल्याण्ड्सलाई २–१ ले अघि बढाइन् ।

८५ औं मिनेटमा भिभाने मेडिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यसपछि थप गोल नभएपछि नेदरल्याण्ड्स ३–१ गोल अन्तरले विजयी भयो । पराजित भएको क्यामरुन भने प्रतियोगितबाट बाहिरिएको छ । अन्तिम खेलमा क्यामरुनले न्यूजिल्याण्डसँग खेल्न बाँकी छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया