कोपा अमेरिका फुटबलमा कोलम्बियासँग अर्जेन्टिना पराजित

 असार १, २०७६ आइतबार ६:३३:३९ | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। आइतबार बिहान सकिएको खेलमा कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो । 

फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा खान पुग्यो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसहित मैदान उत्रिएका थिए । कोलम्बियाविरुद्ध बल पोजेसनदेखि टार्गेट गर्नेसम्म जम्मैमा अगाडि रहे पनि गोल गर्न भने अर्जेन्टिना असफल भयो ।

कोलम्बियाका रोजर मार्टिनेजले ७१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १ गोलले पछि परेको अर्जेन्टिना झनै दवाबमा आयो । डुवान जाप्टाले ८६ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकामा सुखद सुरुवात गर्ने सपना साकार हुन सकेन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया