आईसीसी विश्वकप : अष्ट्रेलियाको चौथो जित, श्रीलंका ८७ रनले पराजित

 असार १, २०७६ आइतबार ७:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले चौथो जित हात पारेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हरायो । ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सात विकेट अष्ट्रेलियाले ५० ओभरमा गुमाउदै ३३४ रन बनायो ।

बलियो सुरुरुवात गरेको अष्ट्रेलियाका लागि आरोन फिन्चले १५३ रनको शतकीय योगदान दिए । उनले १३२ बलमा १५ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै स्टिभ स्मिथले ७३ रनको योगदान दिए । उनले ५९ बलमा ७३ रन बनाएका थिए । स्मिथले बललाई सात चौका र एक छक्का कटाए । यस्तै ग्लेन म्याक्सवेलले २५ बलमा आक्रामक ४६ रन बनाए ।

बलिङतर्फ इशुरु उडाना र धनञ्जय डि शिल्भाले २–२ विकेट लिएका थिए । मालिङ्गाले पनि एक विकेट लिए ।

३३५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.५ ओभरमा २४७ रन बनाउँदा अलआउट भयो ।

अष्ट्रेलियाका मिचेल स्टार्कले चार र केन रिचार्डसनले तीन विकेट लिँदा श्रीलंका पराजित हुन पुग्यो । प्याट कमिन्सले पनि दुई विकेट लिएका थिए ।

ब्याटिङतर्फ दिमुथ करुणारत्नेले ९७ रन बनाएका थिए । १०८ बलमा नौ चौका प्रहार गरेका करुणारत्ने शतक बनाउन तीन रनले चुके । उनीसँग कुशल परेराले पहिलो विकेटका लागि ११५ रनको बलियो साझेदारी गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । परेराले पनि ५२ रनको योगदान दिएका थिए । त्यसपछिका ब्याट्सम्यान सस्तैमा आउट भए । एन्जेलो म्याथ्युजले ३०, लहिरु थिरिमाने र धनन्जया डि सिल्भाले १६–१६ रन बनाएका थिए ।

जितसँगै अष्ट्रेलिया पाँच खेलबाट ८ अंक बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाले भने पाँच खेलबाट ४ अंक बनाएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया