४२ डिग्री गर्मीमा पानीको अभाव (फोटोफिचर)

 असार २, २०७६ सोमबार १०:१९:१० | सीताराम ओझा
unn.prixa.net

कैलाली – गोदावरी नगरपालिकाको ओलानी क्षेत्रमा खानेपानीको अभाव भएको छ । केहीदिनदेखि बढ्दो तापक्रम र खानेपानीको अभाव हुँदा यहाँका स्थानीय झन् समस्यामा परेका छन् ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका गोदावरी नगरपालिका-१०, ११ र १२ का स्थानीयवासी खानेपानी नपाएर ४२ डिग्रीको गर्मीमा आकुल व्याकुल भएका छन् ।  

वषौँदेखि कुवा र ट्युबेलको पानी उपभोग गर्दै आएका तीन वटै वडाका बासिन्दा गर्मीको समयमा कुवा र ट्युबेलको पानी सुक्दै गएपछि समस्यामा परेका छन् । वडाहरुका केही स्थानमा बोरिङ गरेर खानेपानीको व्यवस्थापन गरिएको भए पनि त्यो पर्याप्त भएको छैन । 

वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाहीले वडा वासीहरुको समस्या समाधानका लागि बोरिङ गर्न लागिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया