न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
मकवानपुर - हेटौंडामा अत्यधिक गर्मी बढेपछि सरकारी तथा निजी विद्यालय पाँच दिनका लागि बिदा दिइएको छ ।
पढ्न आएका विद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्रभरका विद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
भोलि सोमबारदेखि शुक्रबार सम्मका लागि हेटौंडाका निजी तथा सरकारी विद्यालयलाई बिदा गरिएको हो । अहिले गरिएको बिदा अरु समयको बिदामा मिलान गर्नेगरी दिइएको बताइएकाे छ ।
तराइका जिल्लाजस्तै हेटौंडामा पनि शनिवारदेखि अत्यधिक गर्मी बढेको छ । निजी तथा सरकारी विद्यालयका शिक्षक, अभिभावकको आग्रहपछि िद्यार्थीलाई छुट्टी दिइएको मेयर महतले बताउनुभयो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।