कोपा अमेरिका : इक्वेडरमाथि उरुग्वेको फराकिलो जित

 असार २, २०७६ सोमबार ६:३३:५० | एजेन्सी
unn.prixa.net

कोपा अमेरिका कपमा उरुग्वेले इक्वेडरलाई चार शून्यको भारी अन्तरले हराएको छ । सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरमाथि फराकिलो जित निकाल्न सफल भयो ।

एक तर्फी जस्तो बनेको खेलको छैटौँ मिनेटमा लोडीरोको गोलमा उरुग्वेले अग्रता बनाएको थियो । त्यसपछि ३३ औं मिनेटमा काभानीले अन्तर दुई शून्यमा पुर्‍याए । ४४ औं मिनेटमा लुइस स्वारेजको गोलमा उरुग्वे पहिलो हाफमा तीन शून्यले अगाडि रह्यो ।

दोस्रो हाफमा भने उरुग्वेले अरु मौका पाए पनि गोल गर्न सकेन । ७८ औं मिनेटमा इक्वेडरका मिनाले आत्मघाती गोल गरेपछि उरुग्वे चार शून्यले विजयी भयो ।

त्यसअघि भएको खेलमा कतारले पाराग्वेलाई दुई दुई गोलको बराबरीमा रोक्न सफल भयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया