प्रधानाध्यापककाे कुटाइबाट विद्यार्थी 'बेहाेस्'

 असार २, २०७६ सोमबार १७:४९:५५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका -१ हजरियामा ६ जना विद्यार्थी घाइते भएका छन्।

बाग्मती सामुदायिक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस् हुने गरी कुटपिट गरेका थिए।

प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय सञ्जीव सहनी बेहोस\ भएका छन भने उनीसगै पढ्ने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ रायले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलाश सहनी र तेतरीदेवी सहनीलाइ लठ्ठीले कुटेर घाइते बनाएको बरहथवा नगरपालिका -१ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो।

घाइतेमध्ये बेहोस भएका सञ्जीव सहनीको बरहथवामा रहेको भेनस हेल्थ केयर सेन्टरमा उपचार भैइरहेको छ। अन्य विद्यार्थी भने सामान्य उपचारपछि घर फर्किएका छन्।

प्रअ रायले अनुशासन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको तर त्यसरी बेहोस् हुने गरी नकुटेको दाबी गरेका छन्। कमजोर विद्यार्थी भएकाले गर्मीको कारण बेहोस् भएको उनको भनाइ छ। घरबाट विद्यालयका पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाइ कारबाही गर्नुपर्ने अभिभावकले माग राखेका छन् । 

यसअघि राेल्पामा एक शिक्षिकाकाे कुटाइबाट ५ जना विद्यार्थीकाे हात भाँच्चिएकाे थियाे । अनुशासन कायम गर्ने नाउँमा कतियपय शिक्षकले विद्यार्थीमाथि निर्मम व्यवहार गर्दै आएका छन् । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया