गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली
चैत ६, २०८० मंगलबार
पश्चिम बंगालमा एक जना जादुगर जादु देखाउने क्रममा नदीमा बेपत्ता भएका छन् ।
पश्चिम बंगालमा जादुगर चञ्चल लाहिरीले चर्चित जादुगर ह्यारी हूडीनीको नक्कल गर्ने क्रममा कोलकातामा रहेको हुगली नदीमा बेपत्ता भएका हुन् । अधिकारीहरुका अनुसार उनको मृत्यु भएको आशंका गरिएको छ ।
उनी आफ्ना हातखुट्टा सिक्रीले बाँधेर नदीमा पसेका थिए । उनी पानीमा पसेर डोरी ‘जादु’ले खुलेपछि किनारामा आउने योजनामा थिए । तर उनी त्यसपछि देखा परेनन् । आइतबार जादु हेर्न आएका दर्शकले प्रहरीलाई घटनाका बारेमा खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।
म्यानड्रेकका नामले परिचित जादुगर लाहिरी डुङ्गाबाट नदीमा हाम फालेका थिए ।
डुङ्गामा रहेका दुई जना व्यक्तिका अनुसार लाहिरीले आफ्ना हातखुट्टा एउटा फलामको सिक्रीमा ६ वटा ताला लगाएका थिए ।
स्थानीय पत्रिकाका फोटोपत्रकार जयन्त शाह पनि लाहिरीको जादु हेर्न त्यहाँ पुगेका थिए । उनले लाहिरीसँग जादु देखाउनुपूर्व कुराकानी गरेको बीबीसीसँगको कुराकानीमा जानकारी दिएका छन् ।
लाहिरीले यस्तो जादु देखाएको भने पहिलो पटक होइन । २० वर्षअघि उनी एउटा काँचको डिब्बामा पसेर नदीमा हाम फालेका थिए । त्यसबेला भने उनी सफलतापूर्वक बाहिर निस्केका थिए ।