उदयपुरमा बेवारिसे अवस्थामा नौ राउण्ड गोली भेटियो

 असार ३, २०७६ मंगलबार १६:१५:५१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ को खोला टोलमा ९ राउण्ड गोली भेटिएको छ ।

बेवारिसे अवस्थामा सोमबार राति पेस्तोलको गोली ७ राउण्ड र एसएलआरको गोली २ राउण्ड भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।

खेतमा बालबालिका खेलिरहेको अवस्थामा गोली भेटिएपछि प्रहरीलाई खबर आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार, गोलीमा खिया लागिसकेको छ । माटोमा शंकास्पद बस्तु रहेको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय बेल्टारको टोली गई बरामद गरेको हो । गोली कसले किन के प्रयोजनका लागि राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया